गाँजा तान्ने विवादमा २२ वर्षीय चौधरीको ज्यान गयो

गाँजा तान्ने विवादमा २२ वर्षीय चौधरीको ज्यान गयो
+
-

झापा- झापा कनकाई नगरपालिका– ३ एकान्तटोलका २२ वर्षीय अभिषेक चौधरीको गाँजा तान्ने निहुँमा हत्या भएको प्रहरीले जनाएको छ।

बुधबार बिहान कनकाई ३ एकान्त टोल नजिकै रहेको सुरुंगा खोलाको बाँस घारीमा चौधरीको शव फेला परेको थियो।

बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय अनारमनीले हत्यामा संलग्न भएका कनकाई ७ का २२ वर्षीय रविन राजवंशी (टल्के) लाई सार्वजनिक गरेको छ।

चौधरीलाई टल्केले बञ्चरोले हानेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार पक्राउ परेका टल्केले अभिषेक चौधरीको हत्या आफैले गरेको स्वीकार गरिसकेका छन्।

मंगलबार राति अभिषेक र टल्केबिच भेट भएको थियो। अभिषेकले चौधरीलाई १ सय रुपैयाँको गाँजा किन्न पठाएको र गाँजा ल्याएपछि टल्केलाई खान दिन्न भनेपछि उनले घरबाट वञ्चरो ल्याई प्रहार गरेको प्रहरीको भनाई छ।

मिलेर खानुपर्छ भन्दै लिन पठाएर ल्याएपछि दिन्न के गर्छस् भनेपछि उनीहरुबिच विवाद भएको अनुसन्धानमा खटिएका इप्रका विर्तामोडका डिएसपी मुकुन्द रिजालले जानकारी दिए।

विवाद बढ्दै गएपछि टल्केले चौधरीलाई पछाडिबाट बञ्चरो प्रहार गरेर मारेको प्रहरीको भनाइ छ। घटनास्थलमा फेला परेका विभिन्न प्रमाणका आधारमा टल्केलाई समातिएको प्रहरी नायव उपरीक्षक रिजालले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष