हिमालपारीको गाउँ लिमीमा सुविधा सम्पन्‍न बर्थिङ्ग सेन्टर स्थापना

हिमालपारीको गाउँ लिमीमा सुविधा सम्पन्‍न बर्थिङ्ग सेन्टर स्थापना
+
-

लिमी-नाम्खा गाउँपालिकाको वडा नम्बर-६ को हिमालपारीको गाउँ लिमीका तीन वटा बस्तीहरुलाई सेवा प्रदान गर्ने उदेश्यकका साथ सुबिधा सम्पन्न बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ।

गर्भवती महिलालाई गाउँ बस्तीमा सहज रुपमा सुत्केरी गराउनका लागि यो सुविधा लिमीका महिलाहरुले पहिलो पटक पाएका हुन। बर्थिङ्ग सेन्टर सहित सामुदायिक स्वास्थ्य संस्थाको भवन निर्माण कार्य सम्पन्न भएको छ।

वडा अध्यक्ष पाल्जोर तामाङले बर्थिङ्ग सेन्टर निर्माण भएर सञ्चालनमा आएपछि अब लिमीका महिलाले सहज रुपमा सुत्केरी हुन पाउने जनाए। यसअघि लिमीका महिलाहरुले घरमै गाउँकी परम्परागत सुडेनीबाट सुत्केरी हुने गर्थे।

ब्यथाले निक्कै च्यापे हेलिकोप्टर चार्टर गरेर सुर्खेत, नेपालगञ्ज र काठमाडौं लग्‍ने गरिन्थ्यो।अध्यक्ष तामाङले अब बर्थिङ्ग सेन्टरको स्थापनाले यो समस्याबाट लिमीका महिलाहरुले मुक्ति पाउने छन्। पहिलो पटक लिमीका तीन गाउँलाई समेट्ने गरि यो काम भएको हो।

स्नोल्याण्ड एकिकृत बिकास केन्द्रका कार्यकारी निर्देशक गोबिन्द शाहीका अनुसार भवन गाउँपालिका, छाया नेपाल र स्थानीय जनताको जनसहभागितामा ७१ लाख पचास हजार लागत साझेदारीमा निर्माण भइ सञ्चालनमा आएको हो।

बर्थिङ्ग सेन्टरमा तातोपानीका लागि सोलार पनि जडान गरिएको छ । जसवाट सुत्केरी भएकी महिला तथा नानीले तातो पानीबाट नुहाउन पाउने छन्। भवन मै शौचालय पनि निर्माण गरिएको छ।

गर्भवती महिलाको गर्भ जाँच गर्नका लागि अल्ट्रा साउण्ड मेशिन पनि जडान गरिएको छ । भवनमा बर्थिङ्ग सेन्टरका साथै अन्य बिरामीका लागि उपचार गर्न सामुदायिक स्वास्थ्य संस्थाको लागि पनि कोठा निर्माण गरिएको छ।

एक वर्ष अगाडीसम्म लिमीमा स्वास्थ्यकर्मी वर्षको एक पटक अनुगमनका लागि जाने जस्तो गरी पुग्‍ने भएपनि यस वर्षबाट भने तीनजना स्वास्थ्यकर्मीहरुबाट गाउँमै पुगेर उपचार दिन थालिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?