मानसरोवर कैलाश पुग्‍ने हिल्साका पर्यटकीय होटेल सुनसान

मानसरोवर कैलाश पुग्‍ने हिल्साका पर्यटकीय होटेल सुनसान
+
-

हिल्सा-मानसरोवर कैलाशको प्रबेशद्धारका रुपमा परिचित हिल्सामा पर्यटकहरुलाई लक्षित गरि सञ्चालनमा आएका होटेलहरु सुनसान रहेका छन्।

कोरोना कहरले यो सिजनमा हिल्सा नाका बन्द हुदा मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय पर्यटकहरु नआएपछि होटेल सुनसान भएका हुन।

यो सिजन भरि होटेलहरु सुनसान रहेको होटेल स्नो ल्याण्डका म्यानेजर डुव्सान लामाले बताए पछि कुनै कारोवार नभएको बुझ्न कठिन भएन।

सिजनको अन्त्य हुने बेलासम्म कोरोना कहरले मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने हिल्सा नाका बन्द भएपछि हिल्सामा सुनसान छाएको हो।

पर्यटक आगमन नहुदा हिल्साका होटेल व्यवसायीका आर्थिक मन्दी समेत देखिएको छ । म्यानेजर लामाले यो वर्ष भरि होटेल कुर्ने काम भएको बताए।

आन्तरिक पर्यटकहरु लिमी घुम्ने र हिल्सा घुम्न आएका केही पर्यटकहरु होटेलमा वास बस्न आएपनि खानाको मुल्य लिए पनि कोठा भाडा नलिएको उनले बताए।

हिल्सामा पर्यटकीय होटेलहरु आधा दर्जन भन्दा बढी स्थापना भएका छन्। त्यस्ता होटेलहरुमा मानसरोवर, हुम्ला रिसोर्ट, वाग्लुङ, नन्दी, मुकुम, नौमुले र कंग्री रहेका छन्।

केही होटेलमा कुरुवा भएपनि बाँकीमा ताला लगाएर बन्द गरिएको छ। गत वर्ष मानसरोवर कैलाशको दर्शन गर्ने नौ हजार भारतीय पर्यटकहरुलाई सेवा दिएको बताउने मानसरोवर होटेलका ब्यबस्था कर्मा लामाले यस वर्ष सुको पनि नपसेको बताए। गत वर्ष मात्र उहाँले होटेल बिस्ता गरेका थिए।

हिल्साका होटेलले एक रातको प्याकेजमा प्रति पर्यटक दुई हजार रुपियाँ लिने गरिन्छ।

कतिपय होटेलले बैंकबाट कर्जा लिएर समेत होटेल स्थापना गरेका छन्। यस्ता होटेल ब्यबसायीहरुलाई कर्जाको ब्याज तिर्न पनि समस्या हुन थालेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?