चीनसँगको सीमा विवाद समाधान गर्न सीडीओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चीनसँगको सीमा विवाद समाधान गर्न सीडीओमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
+
-

सिमकोट– नेपाली का‌ंग्रेसका नेता एवं कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले संसदीय दलको तर्फबाट चीनसँगको सीमा विवाद समाधान गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्।

केही दिनअघि चीनसँगको सीमा क्षेत्रको अनुगमन गरेर फर्केका नेता शाहीले चीनले नेपाली भुमि मिचेको निष्कर्ष निकाल्दै प्रजिअ चिरञ्जीवी गिरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।

नेता शाहीको टोलीले लाप्चा भञ्ज्याङमा रहेको १२ नम्बर पिलरलाई चीनले एकतर्फी रुपमा पुननिर्माण गरेको, लोलुङजोनमा निर्माण भएको भौतिक संरचना नेपाली भुभागमा परेको, हिल्सामा रहेको ९ (१) नम्बर पिलरलाई अन्तर्राष्ट्रिय नियम उल्लंघन गरी घेरबार गरेको, किट क्षेत्रमा रहेको जंगी पिलर ढालेको, ६ ( १) नम्बर पिलरलाई चीनले नेपाली भुभाग मिचेर घेरबार गरेको निष्कर्ष निकाल्दै चीनले नेपाली सीमा अतिक्रमण गरेको ठहर गरेको थियो।

चीनले नेपालीमाथि हेपाहा प्रवृति देखाएको भन्दै सीमा विज्ञ टोलीको व्यवस्था गरी विवादलाई समाधान गर्न ज्ञापनपत्रमार्फत कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता शाहीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनले सीमा क्षेत्रका फोटोसहित ज्ञापनपत्र पेश गरेका छन्।

ज्ञापनपत्र बुझ्दै प्रजिअ गिरीले ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय पठाउने बताए।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीले लाप्चा क्षेत्रको अनुगमनपछि चीनले नेपाली भुभागमा भवन निर्माण गरेको प्रतिवेदन सार्वजनिक भएपछि चीनसँगको सीमा विवादको विषयमा चौतर्फी चासो बढेको थियो।

त्यसपछि उक्त क्षेत्रको अनुगमनमा गएको प्रजिअ गिरीको टोलीले भवन निर्माण भएको क्षेत्र चीनकै भएको निष्कर्ष निकालेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?