आठ रात र नौ दिन मनाइने बिस्केटजात्रा यसरी सुरु भयो (१९ तस्बिर)

आठ रात र नौ दिन मनाइने बिस्केटजात्रा यसरी सुरु भयो (१९ तस्बिर)
+
-

भक्तपुर- नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्रामा मंगलबार पहिलो दिन तौमढीबाट भैरवको रथ तानेर शुरु भएको छ ।

तौमढी अर्थात पाँचतले मन्दिर अगाडिबाट मंगलबार साँझबाट भैरवको रथ तानेर जात्रा सुरु भएको हो।

तौमढीको तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले रथलाई आआफ्नो क्षेत्रमा लैजान रथ तान्‍ने गर्दछन् । रथलाई मध्यरातिसम्म पनि तानेर पुनः गहिटी ल्याएर राख्ने र त्यसपछि रथ तान्न रोक्ने परम्परा छ।

तान्त्रिक विधिअनुसार चल्ने ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको यो जात्रा नेपाल संवत २६८ अर्थात लिच्छविकालभन्दा अगाडिदेखि मनाइँदै आएको र मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ।

त्यसपछि नेपाल संवत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएअनुसार नै अहिलेसम्म त्यही प्रचलन चल्दै आएको छ।

प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ।

बिस्केट जात्रा मै चैत्र ३० गते भक्तपुरको भेलुखेलमा लिङ्गो उठाउने र वैशाख १ गते दिनभर जात्रा सञ्चालन गरी साँझ ढाल्ने गरिन्छ।

  तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?