फ्रान्समा एक शिक्षकको घाँटी काटेर हत्या, इस्लामिक आतंकवाद रहेको राष्ट्रपतिको भनाइ

फ्रान्समा एक शिक्षकको घाँटी काटेर हत्या, इस्लामिक आतंकवाद रहेको राष्ट्रपतिको भनाइ
+
-

फ्रान्सको राजधानी पेरिस नजिकै एक शिक्षकको टाउको काटी हत्या भएको छ ।

आक्रमणकारीको प्रहरीको गोली लागेर मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटना पूर्व हत्या भएका शिक्षकले आफ्ना विद्यार्धीलाई पैगम्बर मोहम्मदको विवादास्पद कार्टून देखाएका थिए ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका पाँच बजेतिर घटना भएको हो । स्कूल नजिकै उनको हत्या भएको प्रहरीले जनाएको छ । सो घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनास्थलको निरीक्षण गरेका छन् । उनले सो घटना इस्लामिक आतंकवादी आक्रमण रहेको बताए ।

वाक स्वतन्त्रताबारे पढाएकै कारण शिक्षकको हत्या भएको म्याक्रोँको भनाई छ । शिक्षकको नाम खुलाइएको छैन ।

घटना लगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न खोजेको थियो, तर भागेपछि गोली चलाउँदा उनको मृत्यु भएको हो । आक्रमणकारीका बारेमा पनि प्रहरीले केही खुलाएको छैन ।

सन् २०१५ मा स्थानीय व्यंग्य पत्रिका सार्ली एब्डोले प्रकाशित गरेको पैगम्बर मोहम्मदको विवादास्पद कार्टूनका कारण पत्रिकाको कार्यालयमा आतंकवादी आक्रमण भएको थियो । सो घटनाको सुनुवाई अहिले जारी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?