उपन्याससँगै ‘एक इन्च माथि उडिन्’ शिवानी सिंह थारु

उपन्याससँगै ‘एक इन्च माथि उडिन्’ शिवानी सिंह थारु
+
-

काठमाडौँ- लेख्ने घोषणा गरेको ९ वर्षपछि टिभी कार्यक्रम प्रस्तोता बनेर चर्चित बनेकी शिवानी सिंह थारुको पुस्तक ‘काठमाडौँमा एक दिन’ लोकार्पण भएको छ। रसियन कल्चर सेन्टर, कमलपोखरीमा मंगलबार भएको पुस्तक लोकार्पणमा आख्यानकार अमर न्यौपाने र शिवानीले पुस्तक सार्वजनिक गरिन्।

पुस्तक लेखनको अनुभूति सुनाउँदै शिवानीले भनिन्, ‘लामो समयसम्मको मेहनत जसमा मिठो पिडा मिसिएको छ, पुस्तक लोकार्पण भएको दिन एक इन्च उड्छु जस्तो लागेको थियो, म धेरै खुसी छु।’

‘काठमाडौँमा एक दिन’ जनआन्दोलन २०६२/६३ को समय र त्यतिबेलाको मधेसी परिवेशलाई समेटेर लेखिएको पुस्तक हो। शिवानीका अनुसार यो साहित्यिक राजनीतिशास्त्र हो।

नेपालगञ्जमा राजनीतिज्ञ फत्तेमान सिंह थारुको घरमा जन्मिएकी शिवानीले सत्ता र शक्तिको उचाइ र गिराइ दुवै देखेकी छन् र यो उत्तारचढावसँगै जीवनमा आउने उथलपुथल पनि। सम्पन्‍न परिवारमा जन्मे हुर्केको मानिसले यस्तो कथा कसरी लेख्न सक्छ भन्ने प्रश्नमा शिवानीले भनिन्, ‘बाबा मन्त्री हुँदा ५ सय ५५ को चुरोट खाँदै गरेकोमा पदमा नहुँदा देउराली चुरोट खाएको थाहा छ।’

बाबाको राजनीतिक पदको कारणले गर्दा पनि धेरै थरीका मानिससँग उठबस हुन पायो शिवानीको। समाज बुझ्ने अवसर पनि पाइन् उनले। मोडल, नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोतामा ख्याति कमाएकी शिवानी लेखनमा रुचि भएकोले नै नाटक लेखन सक्रिय भएकी थिइन्। अहिले उनले आफूलाई उपन्यासकारको रुपमा दर्ता गराएकी छन्, ‘काठमाडौँमा एक दिन’ लेखेर।

पुस्तकमा ताजा र नयाँ बिम्वहरुको प्रयोग भएको, सूक्ष्म लेखाइमा आधारित पुस्तकले सोलीको आकार जसरी मन छुन सक्ने आख्यानकार अमर न्यौपानेले बताए। एक दिनको कथामा लेखिएको यो पुस्तकको विशेषता पात्रमाथिको निरपेक्षता हो। पुस्तक फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?