
माेरङ– पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमणबाट झापामा ३, मोरङ र सुनसरीमा समान १ जनाको मृत्यु भएको हो। यससँगै प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको छ। जसमा ३४ महिला र ९५ जना पुरुष रहेका छन्।
त्यसैगरि प्रदेशमा शनिबार ४ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार मोरङमा १ सय ९५, सुनसरीमा १ सय ७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेका छन्।
मन्त्रालयका अनुसार प्रदेश राजधानी विराटनगर महानगरपालिकामा ५६ महिला र ६८ पुरुष गरी कुल १ सय २४ जना नयाँ संक्रमित थप भएका छन्।
मोरङको सुन्दरहरैंचा नगरपालिका, उर्लाबारी नगरपालिका र बुढीगंगा गाउँपालिकामा समान १३, बेलबारी नगरपालिका र जहदा गाउँपालिकामा समान ९, लेटाङ नगरपालिकामा ८, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र धनपालथान गाउँपालिकामा समान १ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
सुनसरीको धरान उपमहानगरपालिकामा १ सय ९, इनरुवा नगरपालिकामा २९, इटहरी उपमहानगरपालिकामा १५, रामधुनी नगरपालिकामा ९, देवानगञ्ज गाउँपालिका र दुहवी नगरपालिकामा समान २, बराहक्षेत्र नगरपालिका र गढी गाउँपालिकामा समानमा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।
झापाको विर्तामोड नगरपालिकामा २३, दमक नगरपालिकामा १३, भद्रपुर र कनकाई नगरपालिकामा समान ७, मेचीनगर नगरपालिकामा ६, कमल गाउँपालिकामा ४, अर्जुनधारा नगरपालिकामा ३, शिवसताक्षी नगरपालिकामा २, गौरादह नगरपालिका र हल्दिबारी गाउँपालिकामा समान १ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण पुष्टि भएको छ।
पहाडी क्षेत्रतर्फ, संखुवासभाको मकालु गाउँपालिकामा ८, खाँदबारी नगरपालिकामा ३, चैनपुर नगरपालिकामा २, सभापोखरी गाउँपालिका र स्थानीय तह नखुलेकामा समान १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।
त्यसैगरि, इलामको इलाम नगरपालिकामा ६, चुलाचुली गाउँपालिकामा ३, खोटाङको खोटेहाङ र साकेला गाउँपालिकामा समान १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको छ। भोजपुरको षडानन्द गाउँपालिकामा १ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।
यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार १ सय ८३ पुगेको छ।
प्रदेशमा शनिबार १ हजार ४ सय ५० जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १ सय ९९ महिला र २ सय ८२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।
हालसम्म १ लाख ४५ हजार ३ सय ८३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।