दुईपटक अग्रता लिएर पनि लिभरपुल बराबरीमा, अपराजित हुन सफल एभर्टनलाई ३ अंकको अग्रता

दुईपटक अग्रता लिएर पनि लिभरपुल बराबरीमा, अपराजित हुन सफल एभर्टनलाई ३ अंकको अग्रता
+
-

इङ्लिस प्रिमियर लिग फुटबलको यो सिजन एभर्टनले अपराजित यात्रा कायमै राखेको छ। शनिबार साँझ  भएको खेलमा साविक विजेता लिभरपुललाई २-२ गोलको बराबरीमा रोक्दै एभर्टनले तीन अंकको अग्रता लिएको छ।

घरेलु मैदानमा एभर्टन दुई पटक पछाडि परेको थियो। ९० औँ मिनेटमा एभर्टन १० खेलाडीमा सिमित भएको थियो। तर भ्रमणकारी टोली लिभरपुलले तीन अंक हात पार्न सकेन। अघिल्लो खेलमा एस्टन भिल्लासँग ७-२ गोलको अप्रत्यासित हार ब्यहोरेको लिभरपुल एभर्टनलाई हराउँदा शीर्षस्थानमा उक्लने अवसर उसलाई थियो।

खेलको तेस्रो मिनेटमै लिभरपुलले अग्रता लिएको थियो सेडियो मानेको गोलमा। तर एभर्टन पहिलो हाफमै बराबरीमा पुग्यो। उसका मिचाइल किनले १९ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए। ७२ औँ मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुल खेलमा २-१ गोलले अगाडि बढेको थियो।

तर दबाबबीच एभर्टनका डोभिनिक काल्भर्ट लेविनले ८१ औँ मिनेटमा गोल  गरेर खेल बराबरीमा ल्याएका थिए। ९० औँ मिनेटमा एभर्टनका रिचार्लिसनले सोझै रातो कार्ड पाएका थिए। त्यसको २ मिनेटपछि लिभरपुलले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायत एभर्टनले लिएको थियो जसमा गोल गर्ने लिभरपुलका खेलाडी अफसाइड देखिएका थिए।

पाँच खेलपछि एभर्टनको १३ अंक छ। समान खेलबाट १० अंक भएको लिभरपुल दोस्रो स्थानमा छ। तीन खेलबाट ९ अंक जोडेको एस्टन भिल्ला तेस्रो स्थानमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?