काठमाडौँले चाँडै पाउँदै छ दैनिक १७ करोड लिटर पानी

काठमाडौँले चाँडै पाउँदै छ दैनिक १७ करोड लिटर पानी
+
-

काठमाडौं- मंगलबार सिंहदरबारमा दुई दिनभित्र मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सम्पन्न हुने भन्दै पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।

खानेपानीमन्त्री, सचिव र आयोजनाका पदाधिकारी उपस्थित थिए। केही बेरको प्रतीक्षापछि कार्यक्रम सुरु भयो। बिचमै आयोजना प्रमुखले भने, ‘५ मिनेट भित्रमा सुरुङ ब्रेक थ्रु हुँदैछ, मेरो मोवाइलमा भखरै फोन आयो।’

यो खबरले धेरैको मुहारमा खुसी छचल्क्यो। २० वर्षअघि देखिको प्रतीक्षाले २६ किलोमिटर लामो सुरुङ छिचोल्दै दिएको खुसी। पानीको अभाव झेलिरहेका काठमाडौं बासिलाई दैनिक १७ करोड लिटर पानी आउने आशा जगायो । सिन्धु–ग्याल्थुम खण्डको ७.५ किलोमिटर सुरुङको ब्रेक थ्रु हुन बाँकी थियो।

२०५५ सालमा मेलम्ची खानेपानी विकास समिति स्थापना गरेर आयोजनाको बिस्तृत अध्ययन सुरु भएको थियो । त्यसपछि जग्गा अधिग्रहण, सहायक पूर्वाधार निर्माण र आयोजनाका मुख्य संरचनाहरुको काम थालिएको थियो। २०६५ सालसम्म प्रवेशमार्गको निर्माण मुआब्जा तथा क्षतिपूर्ति वितरण पुर्नवास कार्यक्रम र आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्थानका कार्यक्रमको सुरुवात भएको थियो।

सन् २०१० को जुन महिनाबाट निर्माण सुरु भएपनि काम सुस्त भएपछि ३ वर्षको अवधिमा जम्मा ६.५ किलोमिटर मात्रै सुरुङ खनेपछि २०१२ मा यो निर्माण कम्पनीसँगको सम्झौता रद्द गरिएको थियो। चिनियाँ ठेकेदार चाइना रेल्वेसँगको सम्झौता तोडेपछि इटालियन कम्पनीलाई निर्माणको जिम्मा दिइएको थियो ।

आयोजनाको दातृ निकाय एडिबिको सर्तमा सन् २००८ मा सहमति भएपछि सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाएको थियो । आयोजनाको कूल लागत २७ अर्ब ७६ करोड रहेछ। जसमध्ये ८० प्रतिशत एसियाली विकास बैंक र २० प्रतिशत नेपाल सरकारकोे लगानी छ ।

तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले अगाडि सारेको आयोजना पूरा हुन भने अझै केही समय लाग्ने भएको छ । खानेपानी मन्त्री बिना मगरले २३ दिनअघि २५ दिनभित्रमा सुरुङ निर्माण सक्न निर्देशन दिएकी थिइन्।

मेलम्चीको १७ करोड लिटर पानी ल्याएपछि दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको समेत पानी ल्याउने योजना छ । यो पानी मिसिंदा ५१ करोड लिटर पानी ल्याइनेछ । भूकम्प र अघोषित नाकाबन्दीका कारण आयोजनाको सुरुङ निर्माण कार्य एक वर्ष ढिला भएको आयोजना प्रमुख रामचन्द्र देवकोटाले बताए ।

सुन्दरीजलमा दैनिक ८.५ करोड लिटरको पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ।

२०१७ देखि उतिनै क्षमताको दोश्रो प्रशोधन केन्द्र को निर्माण सुरु भएको र हालसम्म २५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। आउँदो पुससम्ममा दोस्रो प्रशोधन केन्द्रको निर्माण सकिने देवकोटाले बताए।

आयोजनाले दोस्रो चरणको तयारी समेत अगाडि बढाएको छ। याङग्री र लार्के खोलामा दैनिक १७/१७ करोड लिटर गरि ३४ करोड लिटर पानी थप गर्न डिजाइन परामर्शदाता छनोट गरि काम अगाडि बढाइएको छ। यहि आर्थिक वर्षभित्रमा डिजाइन तयार हुने र बजेट व्यवस्था भएमा आउँदो आर्थिक वर्षदेखि निर्माण सुरु गर्ने आयोजना प्रमुखले बताए।

आयोजनाको आउँदो २९ गते प्रधानमन्त्री सहितको टोलीले स्थगल निरीक्षण गर्ने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?