
विष्णु तिवारी
कात्तिक २, २०७७

अ
+
अ
अ
-
देश लुट्ने एकातिर ।।
मकै भुट्ने एकातिर ।।
भोकै सुत्ने कति छन्
भुँडी फुट्ने एकातिर ।।
चाल चलन अर्कै छ
भाषण चुट्ने एकातिर ।।
नखानु घुष भन्ने ऊता
खान जुट्ने एकातिर ।।
बिधान बोल है भन्छ
बोले कुट्ने एकातिर ।।
फलेको आँप कता कता
झटारो छुट्ने एकातिर ।।

