खैरो हेरोइनसहित दाजुभाइ पक्राउ

खैरो हेरोइनसहित दाजुभाइ पक्राउ
+
-

सप्तरी – लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित दाजुभाइलाई शनिबार राति पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयले ब्राउन सुगरसहित पक्राउ परेका तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत र १९ वर्षीय निरज शर्मालाई आज बिहान सार्वजनिक गरेको छ।

उनीहरु काका र ठूलो बुवाका छोराहरु हुन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले स ७ प १८६५ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

खैरो हेरोइन लिएर मोटरसाइकलमा आउँदै गरेको सूचनापछि सवारी साधन तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा आरोपित पक्राउ परेका हुन्।

मोटरसाइकल पछाडि सवार भरतका साथबाट १० ग्रामको दरले बनाइएको पाँच पोका खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।

आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको स्वीकारेका छन् ।

भरतले लगाएको प्याण्ट्सको गोजीमा प्लाष्टिकभित्र पोका बनाएर राखेका अवस्थामा खैरो हेरोइन बरामद भएको प्रनाउ सिंहको भनाइ छ ।

उनीहरुविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा चलाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?