
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेट आयोजकले कोलकात्ता नाइट राइडर्सका स्पीनर सुनिल नारिनलाई ‘शंकास्पाद बलिङ एक्सन’बाट सफाई दिएको छ।
आइतबार जारी गरिएको विज्ञप्तिमा आईपीएलको ‘शंकास्पद बलिङ एक्सन कमिटी’ले नारिनलाई सफाई दिएको उल्लेख छ। किङ्स इलेभेन पन्जाबविरुद्ध एक साताअघि भएको खेलमा अम्पायरले नारिनको बलिङ एक्सन शंकास्पद रहेको रिपोर्ट गरेपछि उनलाई ‘वार्निङ लिस्ट’मा राखिएको थियो।
‘शंकास्पद बलिङ एक्सन कमिटी’ले छानबिनमा नारिनको बलिङमा कुनै समस्या नरहेको उल्लेख गरेको छ। कोलकात्ताले आइतबार सनराइजर्स हैदराबादसँग खेल्दैछ। अम्पायरले रिपोर्ट गरेयता नारिनले खेलेका छैनन्।