अब सरकारले व्यहोर्दैन कोरोना संक्रमितको उपचार खर्च

अब सरकारले व्यहोर्दैन कोरोना संक्रमितको उपचार खर्च
+
-

काठमाडौँ- आइतबारदेखि कोरोना संक्रमितको उपचार खर्च स्वयं बिरामीले ब्यहोर्नुपर्ने व्यवस्था लागू भएको सरकारले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबै सरकारी तथा निजी अस्पतालमा उपचार गराउने संक्रमितको हकमा यो व्यवस्था लागू हुने जानकारी दिए।

तर कोरोना संक्रमणविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी, आर्थिकरुपमा विपन्न, असहाय, अति अपाङ्गता भएका व्यक्तिको उपचार खर्च भने निशुल्क हुने प्रवक्ता गौतमले जानकारी दिए। तर उनीहरुको कोरोना विमा गरिएको भए उपचार खर्च त्यहाँबाट कटौती गरिने पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

डा. गौतमले भने, ‘बिमा गराएका व्यक्ति अस्पताल भर्ना भए। निजको बिमाबाट उपचार गरिने छ। बिमा नगरेका व्यक्ति भर्ना भए बिरामीले आफैँ अस्पतालको खर्च बेहोर्नुपर्ने छ।’

योभन्दा अगाडि संक्रमितको अस्पताल खर्च सरकारले व्यहोर्दै आइरहेको थियो। दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा सरकारले यस्तो निर्णय गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?