नेपालगञ्जबाट ब्राउनसुगरसहित दुई विद्यार्थी पक्राउ

नेपालगञ्जबाट ब्राउनसुगरसहित दुई विद्यार्थी पक्राउ
+
-

नेपालगञ्ज – ब्राउनसुगरसहित नेपालगञ्जबाट विद्यार्थी पक्राउ परेका छन् । भारतको रुपैडियाबाट ब्राउनसुगर बोकेर आएका विद्यार्थी शिव कुँवर र जितेन्द्र नेपाली चार ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् । कुँवर १२ कक्षामा पढ्छन् । दुवैजना दाङका हुन् ।

उनीहरु दाङबाट नै ब्राउनसुगर लिन रुपैडिया आएका थिए । रुपैडियामा गएर ब्राउनसुगर किनेर फर्किँदा नाकामा पक्राउ परेका हुन् ।
स्रोतका अनुसार, जितेन्द्र ब्राउनसुगर पारखी नै हुन् । उनले दिनमा एक/दुई डोज लगाउँछन् ।

विद्यार्थी कुँवर भने भर्खरै सिक्दै थिए । साथी जितेन्द्रले नै उनलाई सिकाइरहेका थिए । लागु औषध दुर्व्यसनमा फस्नमा ‘साथी’ को प्रमुख हात रहने भुक्तभोगीहरु बताउँछन् । ‘एक पटक चाख न’ भन्दै दुर्व्यसनीले साथीलाई आफ्नो मार्गमा हिडाउने गर्दछन् ।

नेपालगञ्ज नाकाको भारतीय सीमावर्ती शहर रुपैडिया लागुु औषधको मामलामा बदनाम रहेको छ । सहजै ब्राउनसुगर पाइने भएकाले बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसम्मका प्रयोगकर्ता रुपैडिया पुग्ने गर्दछन् ।

नेपालगञ्ज घुम्न आएजस्तो गरेर सुटुक्क सीमापारी जाने र ब्राउनसुगर एक÷दुई डोज लगाएर केही बोकेर आउने गरिन्छ ।

पछिल्लो समयमा पहाडी जिल्लाका किशोर कुलतमा फसिरहेको नेपालगञ्जमा पक्राउ परेको तथ्यांकले देखाउँछ । रुपैडियामा किनेर लैजाने ब्राउनसुगर पहाडी जिल्लामा अभ महंगोमा बिक्री हुने पक्राउ परेकाहरु बताउँछन् ।

बाँकेमा भने चार हजार बढी लागु औषध प्रयोगकर्ता रहेका छन् । यहाँ हुने साना, ठूला चोरीमा दुर्व्यसनमा फसेकाहरु नै संलग्न रहेको प्रहरीको रिपोर्ट रहेको छ ।

स्कूल–कलेज तथा गाउँ शहरमा दुर्व्यसनी विरुद्ध जनचेतनामुलक कार्यक्रमहरु चलाइरहे पनि त्यसले खासै प्रभाव पारेको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?