माेटाेपन भएका मानिसमा काेराेनाविरुद्धकाे खाेपकाे प्रभावकारिता कम

माेटाेपन भएका मानिसमा काेराेनाविरुद्धकाे खाेपकाे प्रभावकारिता कम
+
-

मोटोपनको समस्यामा रहेका व्यक्तिमा कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता कम हुने सक्ने चिन्ता अनुसन्धानकर्ताहरुले व्यक्त गरेका छन् ।

मोटोपन तथा जोखिमयुक्त प्रतिरक्षा प्रणाली रहेका व्यक्तिमा खोपको प्रभावकारितालाई लिएर भएको अनुसन्धानपछि अनुसन्धानकर्ताहरुले चिन्ता व्यक्त गरेका हुन् ।

नेचर जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनमा मोटोपन भएका व्यक्तिमा खोपको प्रभावकारिता अरुमा भन्दा कम देखिएको उल्लेख छ ।

स्वीट्जरल्याण्डको युनिभर्सिटी अफ ज्यूरिचकी अनुसन्धानकर्ता डा. मिलेना सोकोलोवास्काका अनुसार मोटोपनको समस्या रहेका व्यक्तिमा हुने सिटोकिनेस नामक इम्यून–रेगुलेटिङ्ग प्रोटिनको समूहको स्तर बढी हुने र त्यसले गर्दा इम्यून रेपोन्स कमजोर बनाउन सक्ने बताएकी छन् ।

संक्रमणसँगको सुरुवाति लडाईँमा नै मोटोपनको समस्या रहेका व्यक्तिको प्रतिरक्षा प्रणालीमा रहेका स्वस्थ टिस्यूहरु धाक्ने वा कमजोर हुने भएकाले संक्रमण फैलिन सक्ने वा खोपको प्रभावकारिता कम हुने सम्भावना अधिक रहेको अनुसन्धानकर्ताको भनाई छ ।

मोटोपनका सम्बन्धमा आफ्नो अनुसन्धानलाई केन्द्रित गर्दै आएका पेनिङ्गटन बोयोमेडिकल रिसर्च सेन्टरका डा डोना रायनका अनुसार मोटोपन भएका व्यक्तिमा खोपको प्रभावकारिता कम देखिने सम्भावना रहेको भए पनि कामै नगर्ने भन्ने हुन नसक्ने बताए ।

उनका अनुसार खोपको मात्रा बढाएर वा अरु कुनै विकल्पबाट सो समूहका व्यक्तिमा खोपको प्रभावकारिता बढाउन सकिने, तर त्यसका लागि थप अनुसन्धानको खाँचो पर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?