
काठमाडौँ – नेपाली सेनाले यो वर्ष फुलपाती बढाईँ विगतको जस्तो धुमधामका साथ नभइ तुलनात्मक रुपमा सीमित कार्यक्रमका बिच गर्ने अनुसार तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
कोरोना भाइरसको महामारीका कारण भिडभाड तथा तामधाम नगरी रीति रिवाज धान्ने गरी सीमित कार्यक्रमको तयारी गरिएको हो ।
सेनाको टोलीले फुलपाती बढाईँको अभ्यास गरेको छ । टुँडिखेलमा सेनाको टोलीले बुधबार बिहान फुलपाती बढाईँको अन्तिम अभ्यास गरेको हो ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले सेनाको टोलीले गरेको अभ्यासका केही तस्बिर खिचेकी छन्।