हुम्लाको हल्जी गाउँमा आमाहरु पनि विद्यालय जान्छन्- छोराछोरीलाई खाना पकाउन

हुम्लाको हल्जी गाउँमा आमाहरु पनि विद्यालय जान्छन्- छोराछोरीलाई खाना पकाउन
+
-

सिमकोट– दुर्गमका विद्यालयमा विद्यार्थीका आमाहरु पालैपालो खाना पकाउँछन् भन्दा पत्याउन कठिनै होला। तर नाम्खा गाउँपालिका वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँको सुनखानी प्राथमिक विद्यालयमा अध्ययन गर्ने विधार्थीहरुका आमाहरु पालो लगाएर खाना पकाउँदै आएका छन्।

गाउँको नियम अनुसार विद्यालय बिहानैबाट सञ्चालन गर्ने कुरा भएपछि बिहानको खाना विद्यार्थी र शिक्षकलाई विद्यालयमै पकाएर खुवाउने गरेको सोनामपुटी तामाङले बताइन्। विद्यार्थीको पठनपाठन सहज बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न लिमीको हल्जी गाउँले उक्त निर्णय गरेको थियो।

बिहान आठ बजे विद्यार्थी र शिक्षकहरु विद्यालयमा पुगेपछि तीन जना आमा पनि खाना तथा नास्ता तयारीको लागि पुग्छन्। सोनामपुटी तामाङले यो सबै मेहनत छोराछोरीले राम्रो पढुन् भनेर गरिएको उनले बताइन्। आफूले नपढेर दुःख पाए पनि छोराछोरीले आफ्नो जस्तो दुःख नभाेगुन् भनेर यस्तो गरेको तामाङको भनाइ छ।

निमा तामाङका दुई छोरा स्कुल जान्छन्। उनी गाउँको पालो अनुसार महिनामा दुईदेखि तीन दिन विद्यालयमा खाना पकाउने गर्दै आएकी छन्। उनले सरकारी शिक्षक राम्रोसँग नबस्ने र निजी स्रोतका शिक्षकबाट ११ महिना पठनपाठन हुने भएपछि गाउँको सामूहिक निर्णय अनुसार खाना पकाएर खुवाउन थालिएको बताइन्।

यसरी विद्यालयमा पुगेर खाना पकाउनेमा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीका आमाहरु छन्। खानेकुरा पनि गाउँलेले पालो हालर उठाउने गर्छन्।

त्योसँगै दाउराको समस्या हुने लिमीमा त्यो पनि पालो लगाएर उठाउने गरिन्छ। विद्यालयमा अन्य मानिसलाई जान पनि निषेध गरिएको छ। खाना पनि दैनिक फरक–फरक पकाएर खुवाउने गरिन्छ। बिहान विद्यालय सञ्चालन हुनभन्दा अगाडि साढे आठ बजे घ्यू चिया र सातु, दिउँसो १२ बजे खाना खाने नियम बनाइएको छ।

विद्यालयले सबै आमाहरुले कुन–कुन दिन खाना पकाउने भन्ने तालिका पनि तयार गरिदिएको छ। शिक्षकले विद्यार्थीलाई भोलिपल्टको खाना पकाउने पालोबारे जानकारी दिन्छन्।

विद्यालयमा व्यवस्थापन समितिको निर्णयभन्दा पनि गाउँको सामुहिक निर्णय कार्यान्वयन हुने विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाले बताए। ८७ घरधुरी रहेको हल्जी गाउँमा बढी विद्यार्थी भएको विद्यालय सुनखानी प्रावि हो। नर्सरीदेखि कक्षा ६ सम्म पठनपाठन हुने विद्यालयमा ५३ जना विद्यार्थी छन्।

विद्यालयका शिक्षकहरु।

अंग्रेजी माध्यामबाट पढाई हुने उक्त विद्यालयमा यसरी परिवर्तन गर्न गाउँको बिहानी खाना विद्यालयमा खाने व्यवस्थाले महत्वपूर्ण भुमिका खेलेको निजी स्रोतका शिक्षक सोनाम नोर्वु तामाङले बताए।

काठमाडौँ र भारतमा अध्ययन गरेका तीन जना युवाहरुले विद्यालयको जिम्मेवारी लिएका छन्। विद्यार्थीमा अंग्रेजी, तिब्बती भाषा सहज भएपनि नेपाली भाषा भने कमजोर रहेको छ। बालकालिकाहरु नेपाली भाषा बुझ्दैनन्।

लिमीको उक्त विद्यालयमा अमेरिकी नागरिक माइकलले आर्थिक सहयोग गरेर तीन जना स्थानीयलाई शिक्षकको रुपमा व्यवस्था गरिएको छ। पाँच वर्षका लागि तीनैजना शिक्षकको पारिश्रमिकको जिम्मा माइकलले लिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?