सुदूरपश्चिममा थप १३२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप १३२ जनामा कोरोना पुष्टि
+
-

धनगढी– बुधबार सुदूरपश्चिममा थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी, डडेल्धुरा, अछाम, बझाङ, बैतडी र डोटी गरी ६ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती अस्पतालमा गरिएको ६ सय ६ जनाको स्वाब परीक्षणमा धनगढीका २३ सहित कैलालीका ४२, कञ्चनपुरका ४ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार बुधबार संक्रमण पुष्टि हुनेमा धनगढी उप–महानगरपालिका ५ महिला र १८ पुरुष, टिकापुर नगरपालिका र कैलारी गाउँपालिकाका २/२ जना, गौरिगंगा नगरपालिका, लम्किचुहा नगरपालिकाका र बर्दगोरिया गाउँपालिकाका १/१ जना र गोदावरी नगरपालिकाका ३ तथा पहिचान नखुलेका कैलालीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी बुधबार नै सेतीको परीक्षणमा कञ्चनपुरको कृष्णपुर, बेलौरी, पुनर्वास र भिमदत्त नगर नगरपालिकाका १/१ जना तथा डोटीको केआईसिंह गाउँपालिकाका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए।

डोटी जिल्ला अस्पतालमा गरिएको ९९ जनाको स्वाब परीक्षणमा दिपायल सिलगढी नगरपालिकाका ९ र के.आई.सिंह गाउँपालिकाका १ गरी १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका ल्याब इन्चार्ज शौरभ श्रेष्ठले बताए।

यसैगरी बुधबार दार्चुलामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको ८४ जनाको परीक्षणमा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले संक्रमण पुष्टि भएका ५१ जना दार्चुलाका नै रहेको जानकारी दिए। यसैगरी बुधबार नै अछामको प्रयोगशालामा ३ जना, बैतडीको प्रयोगशालामा ३ जना र बझाङको प्रयोगशालामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार बुधबारसम्म प्रदेशभरी १ हजार ५ सय १ जना सक्रिय संक्रमित रहेका छन्। बुधबार प्रदेशका विभिन्न जिल्लामा ३२ जना संक्रमित डिष्चार्ज भएसँगै प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ४ सय ५३ रहेको मन्त्रालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?