पर्सामा नेकपा कार्यकर्ताबीच विवाद हुँदा आठ घाइते, एक गम्भीर

पर्सामा नेकपा कार्यकर्ताबीच विवाद हुँदा आठ घाइते, एक गम्भीर
+
-

राम मण्डल- पर्साको बिन्द्यावासिनी गाउँपालिकामा नेकपाका कार्यकर्ताहरुबीच बिहीबार दिउँसो एकआपसमा झडप हुँदा ८ जना घाइते भएका छन्।

नेकपा कार्यकर्ताहरुबीच पार्टीको बिषयलाई लिएर भएको झडपमा ८ जना घाइते भएको पर्साका प्रहरी प्रवक्ता मनोजित कुँवरले जानकारी दिए।

झडमा परी घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको कुँवरले बताए।

झडपमा परी बिन्द्यावासिनी गाउँपालिकाका नेकपाका स्थानीय नेता मुकेश चौरसिया गम्भीर घाइते भएका हुन्। उनको टाउकोमा चोट लागेको तथा वीरगञ्जको न्युरो अस्पतालमा उपचार भइरहेको छ।

साबिक एमाले र माओबादी मिलेर गठन भएको गउँपालिका समिति सदस्यहरुको सपथ ग्रहण कार्यक्रम बिहीबार गाउँपालिकाको वडा नम्बर ५ प्रसौनी भाटमा राखिएको थियो ।

सोहीक्रममा असन्तुष्ट पक्षले बिरोध जनाउँदा बाटोमा नै नेकपाका दुई पक्षका कार्यकर्ताहरुको झडप भएको थियो ।

पार्टीको सपथ ग्रहण कार्यक्रमको बारेमा प्रहरीलाई जानकारी नगराइएकोले प्रहरीले भने सपथ ग्रहण कार्यक्रम स्थलमा पुगेको थिएन । झडप भएको खबर पाएपछि घटनास्थलमा तत्कालै पुगेको प्रहरीले स्थितिलाई समान्य बनाएको प्रहरी प्रबक्ता कुँवरले बताए।

झडपमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?