
अ
+
अ
अ
-
काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पौडेललाई बिहीबार कोरोना पुष्टि भएको हो। रुघाखोकीको लक्षण देखिएपछि मुख्यमन्त्री पौडेल केही दिनदेखि होम आइसोलेसनमा थिए।
मुख्यमन्त्री पौडेलसहित उनकी श्रीमती, एकजना अंगरक्षक, दुईजना चालक र निजी निवासमा कार्यरत एकजना कार्यालय सहयोगीलाई कोरोना पुष्टि भएको हो। हेटौँडास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको पीसीआर परीक्षण गरिएको थियो।
पौडेल हाल सरकारी निवासमा होम आइसोलेसनमा बसेका छन्।