प्रदेश १ मा थपिए ६३७ जना कोरोना संक्रमित

प्रदेश १ मा थपिए ६३७ जना कोरोना संक्रमित
+
-

माेरङ– प्रदेश १ मा थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश १ को सामाजिक मन्त्रालयका अनुसार बिहीबार मोरङमा २ सय ९९, सुनसरीमा १ सय ८०, झापामा १ सय १०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा समान १ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण पुष्टि भएको हो।

यस क्रममा प्रदेश राजधानी विराटनगर महानगरपालिकामा ७४ महिला र १ सय ४० पुरुष गरी कुल २ सय १४ जनामा संक्रमण देखिएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिकामा २२, कानेपोखरी गाउँपालिका, उर्लाबारी र बेलबारी नगरपालिकामा समान ९, रंगेली नगरपालिका र बुढीगंगा गाउँपालिकामा समान ७, पथरीशनिश्चरे र लेटाङ नगरपालिकामा समान ५, रतुवामाई नगरपालिकामा ४, जहदा र कटहरी गाउँपालिकामा समान ३, धनपालथान र ग्रामथान गाउँपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

सुनसरीको धरान उपमहानगरपालिकामा १ सय ३, इटहरी उपमहानगरपालिकामा ३९, इनरुवा नगरपालिकामा १६, बराहक्षेत्र नगरपालिकामा ७, रामधुनी नगरपालिकामा ५, बर्जु गाउँपालिका र दुहवी नगरपालिकामा समान ३, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

झापाको दमक नगरपालिकामा ३४, विर्तामोड नगरपालिकामा २०, मेचीनगर नगरपालिकामा १८, भद्रपुर नगरपालिकामा ११, अर्जुनधारा नगरपालिकामा ९, बाह्रदशी गाउँपालिकामा ६, गौरीगञ्ज नगरपालिकामा ३, कनकाई नगरपालिकामा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

उदयपुरको त्रियुगा नगरपालिकामा ७, कटारी नगरपालिकामा ५ र बेलका नगरपालिकामा १, इलामको सूर्योदय नगरपालिकामा ३, इलाम नगरपालिका र मांसेबुङ गाउँपालिकामा समान २, चुलाचुली गाउँपालिकामा १, ताप्लेजुङको फुङलिङ गाउँपालिकामा ४, श्रीजंगा गाउँपालिका र स्थानीय तह नखुलेकामा समान १, संखुवासभाको खाँदबारी नगरपालिका, मकालु र सिलिचोङ गाउँपालिकामा समान १, खोटाङको केपिलसगढी गाउँपालिकामा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले प्रष्टाएको छ। यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ८ पुगेको छ।

अर्कोतर्फ प्रदेशमा बिहीबार ४ सय १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न स्थानका होम आइसोलेसनबाट ३ सय ९७, उदयपुरको चौदण्डीगढी कोभिड १९ आइसोलेसन केन्द्रबाट १४ र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ६ सय २५ पुगेको छ।

प्रदेशमा बिहीबार १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १ सय ९७ महिला र ४ सय ४० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ५१ हजार ६ सय ५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?