हुम्लामा यो वर्ष अहिलेसम्मकै धेरै जटामासी संकलन

हुम्लामा यो वर्ष अहिलेसम्मकै धेरै जटामासी संकलन
+
-

सिमकोट – हुम्लामा हालसम्मकै सबै भन्दा धेरै जटामासी संकलन भएको छ। वातावरणीय प्रभाव मुल्यांकन हुँदा यति ठूलो परिमाणमा जटामासी संकलन गर्न संभव भएको हो ।

एक जना ब्यापारीले पाँच सय क्वीन्टलसम्म जडिबुटी खरिद गरेका छन् । संकलन भएको जडिबुटी मध्य दुई हजार क्वीन्टल सदरमुकाम सिमकोट आइपुगेको छ ।

५० देखि ४ सय क्वीन्टलसम्म जडिुबुटी खरिद गर्ने व्यापारीको संख्या २० भन्दा बढी रहेको छ । अझै एक हजार चार सय क्वीन्टल जटामासी संकलन भएको क्षेत्रबाट आउने क्रम जारी रहेको छ ।

अहिले सिमकोट विमानस्थल क्षेत्रमा जताततै जडिबुटी मात्र देखिने गरेको छ । हाल सदरमुकाम सिमकोटमा आइपुगेको जडिबुटी अधिकांश खार्पुनाथ गाउँपालिकाको छाचौरबाट आएको छ ।

चुवाखोला, लुड्फे रानी सैना र चंखेलीबाट पनि जडिबुटी संकलन हुने गर्छ । यसवर्ष विभागबाट ३४० टन अर्थात तीन हजार चार सय क्वीन्टल जटामासी संकलनको पुर्जी व्यापारीलाई दिएको डिभिजन वन कार्यालयका प्रमुख निरज झाले बताए ।

गर्तवर्ष पहिलेबाटै रोकिँदै आएको उक्त जटिबुटीसहित दुई हजार पाँच सय क्वीन्टल संकलन भई निकासी भएको थियो ।

हाल संकलन कार्य भइरहेको कारण विभागबाट छुट पुर्जी ल्याए पछि कार्यालयले नापतौल गर्ने छ । संकलन हुने क्षेत्रमा व्यापारीले प्रतिकेजी ४५० रुपैयाँसम्म मूल्य तिरेका छन्।

सदरमुकाम सिमकोटसम्म ढुवानी दर प्रतिकेजी १४० रुपैयाँसम्म परेको व्यापारीले बताएका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?