
वीरगञ्ज – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकर्ताहरुको आपसी विवाद हुँदा झडपमा परि घाइते भएका मुकेश चौरसियाको मृत्यु भएको छ ।
घाइते चौरसियाको उपचारको क्रममा शुक्रबार बिहान साढे ९ बजे न्युरो अस्पताल वीरगञ्जमा मृत्युु भएको पर्साका प्रहरी प्रबक्ता एवं डीएसपी मनोजित कुवरले जानकारी दिए।
मृतक चौरसिया नेकपाकै कार्यकर्ता थिए ।बिहिवार दिउँसो पर्साको बिन्दवासिनी गाउँपालिका ५ प्रसौनी भाटामा नेकपाका कार्यकर्ताबीच आपसी विवाद झडपमा परिणत भएपछि चौरसिया गम्भीर घाइते भएका थिए ।
प्रसौनी भाटामा नव गठित नेकपाको गाउँपालिका समितीको शपथ ग्रहण कार्यक्रम राखिएको थियो। सोही विषयलाई लिएर नेकपाका कार्यकर्ताबीच बाटोमा नै झडप हुँदा चौरसियाको टाउकोमा गम्भीर चोट लागेको थियो ।
यसैबीच घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का हनिश मिया,देवा सहनी र वडा नम्बर ५ प्रसौनीका शोकदिन गद्दी रहेको पर्सा प्रहरीले जनाएको छ ।
यसअघि बिहीबार राति नै ७ जना पक्राउ परेकोमा ४ जनाको संलग्नता नरहेकोले उनीहरुलाई राती नै छाडिएको प्रहरीले जनाएको छ । चौरसियाको कुटपिट गरि हत्या गरिएकोले कर्तव्य ज्यान मुद्दा दर्ता गरि कार्वाही गरिने प्रहरी प्रबक्ता कुवरले बताए ।
घटनामा संलग्न रहेका अन्यको खोजी तथा थप अनुसन्धान जारी रहेको उनको भनाइ छ। मृतक चौरसिया नयाँ गठन भएको नेकपाको गाउँपालिका समितिका सचिव थिए । उनी पूर्व माओवादी तर्फका थिए।