एक हप्तादेखि बेपत्ता हुम्लाको खार्पुनाथका युवाको शव दोजाम कर्णाली नदीमा भेटियो

एक हप्तादेखि बेपत्ता हुम्लाको खार्पुनाथका युवाको शव दोजाम कर्णाली नदीमा भेटियो
+
-

सिमकोट– एक हप्तादेखि बेपत्ता हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गाेक्पा गाउँका ३० वर्षीय धनबहादुर बुढा मृत अवस्थामा भेटिएका छन्। सिमकोट गाउँपालिका वडा नम्बर १ को कालापानीमा दोजाम कर्णाली नदीमा ढुङ्गाको बीचमा अड्केको अवस्था बुढाको शव भेटिएको हो।

बुढाको खोजी गर्ने क्रममा प्रहरी र उनका आफन्तले दोजाम कर्णालीमा शव फेला पारेका हुन्। प्रहरीले घटनाको थप अुनसन्धान गर्ने जनाएको छ। घटना शंकास्पद देखिएपछि थप अनुसन्धान अघि बढाउन लागेको हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्य सुवेदीले बताए।

बेपत्ता हुनुअघि उनीसँगै बसेका व्यक्तिको पहिचान गरी अनुसन्धान गर्ने प्रहरीको भनाइ छ। जिल्लाबाट घटना स्थलतर्फ प्रहरी निरीक्षकको टोली गएको छ।

शव फेला परेपनि अप्ठेरो ठाउँमा अड्केको हुँदा निकाल्न भने सकिएको छैन।  नदीमा काठको पुल बनाएर डोरीले बाँधेर शव निकाल्नु पर्ने अवस्थामा रहेको सुवेदीले बताए। त्यसपछि शव पोष्टमार्टमका लागि ल्याइने उनले बताए।

केही समय अगाडि चुवाखोला क्षेत्रमा जुडिबुटी संकलन गर्न गएका बुढा एक हप्तादेखि बेपत्ता भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?