
विष्णु तिवारी
कात्तिक ८, २०७७

अ
+
अ
अ
-
देशै खाने हजार छन्
बसाँइ जाने हजार छन् ।।
मुलुकमा धेरै भ्रष्ट नेता
बाँधेर ताने हजार छन् ।।
बिलासी लुटेरा जताततै
पक्रेर छाने हजार छन् ।।
यहाँ ब्वाँसा कति कति
ताकेर हाने हजार छन् ।।
दिनमा देख्दा मान्छे जस्ता
रातका मसाने हजार छन् ।।

