
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेहरुको संख्या ४ करोड २५ लाख नाघेको छ। वर्ल्डोमिटरको तथ्यांक अनुसार यो समाचार तयार पार्दा शनिबार दिउँसोसम्म विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २५ लाख २३ हजार ११६ पुगेको छ।
यस्तै विश्वभर कोरोना भाइरसको संक्रमणबाट ११ लाख ४९ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ भने ३ करोड १४ लाख ४३ हजार ९ सय ९८ जना कोरोनामुक्त भएका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा कोरोना संक्रमतिको संख्या ८७ लाख ४७ हजार ८ सय ६४ पुगेको छ भने २ लाख २९ हजार २ सय ९२ जनाले ज्यान गुमाएका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा हालसम्म ७८ लाख १४ हजार ६ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ लाख १७ हजार ९ सय ९२ जनाको मृत्यु भएको छ।
यस्तै ब्राजिलमा ५३ लाख ५५ हजार ६ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ५ सय २८ पुगेको छ।
रुसमा १४ लाख ९७ हजारभन्दा बढीमा कोरोना संक्रमण हुँदा २५ हजार ८ सय २१ जनाको मृत्यु भएको छ भने स्पेनमा ११ लाख १० हजारभन्दा बढीमा संक्रमण हुँदा ३४ हजार ७ सय ५२ जनाको कोरोनाबाट मृत्यु भएको छ।