यसपालीको दसैँमा विगतमा जस्तो भएन हाँसको व्यापार

यसपालीको दसैँमा विगतमा जस्तो भएन हाँसको व्यापार
+
-

काठमाडौँ– कोभिड संक्रमणको जोखिमका कारण यस पटकको दसैँमा हाँसको व्यापारमा पनि असर परेको छ।

विभिन्न जिल्लाबाट काठमाडौँमा आएर हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन्। विगतमा भन्दा मूल्य पनि बढेको र कोरोना संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए।

वीरगञ्जदेखि काठमाडौँको सुन्धारामा हाँस विक्रीका लागि आएका बुखल साहले हाँसको व्यापार यसपटक कम भएको बताए। गत वर्ष १ सय ५० भन्दा बढी हाँस विक्री गरेका साहले यसपटक २०/२५ वटासम्म पनि विक्री गर्न नसकेको बताए।

हाँस नै विक्री गर्न नसकेपछि दसैँ मनाउन समेत समस्या हुने उनको भनाइ छ। आफूले ल्याएका सबै हाँस कम मूल्यमा विक्री गरेर भएपनि दसैँ मनाउन वीरगञ्ज फर्किनु पर्ने बाध्यता भएको पनि साहले सुनाए।

यस वर्ष हाँसको मूल्य पनि बढेको छ। गत वर्ष एउटा हाँसको मूल्य ८ सयदेखि एक हजार रुपैयाँसम्म रहेको थियो। तर यस वर्ष एउटा हाँसको मूल्य १ हजार ३ सय रुपैयाँ भन्दा माथि छ। त्यसैले पनि हाँस विक्री नभएको हुनसक्छ।

यस्तै काठमाडौँ उपत्यकामा दसैँमा पूजा गर्दा वा मन्दिरमा चढाउन हाँस खोज्ने प्रचलन रहेको छ। त्यसैले पनि दसैँको बेलामा हाँसको बजार पनि राम्रै हुने गर्छ। तर यसपटक अधिकांश मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएकाले पनि पशुपंक्षीहरुको व्यापार कम भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?