प्रदेश १ मा थपिए ३८९ जना कोरोना संक्रमित, ५५० जना डिस्चार्ज

प्रदेश १ मा थपिए ३८९ जना कोरोना संक्रमित, ५५० जना डिस्चार्ज
+
-

माेरङ– प्रदेश १ को राजधानी विराटनगरमा २ सय २५ जनासहित प्रदेशभर ३ सय ८९ जना नयाँ कोरोना संक्रमित थप भएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार मोरङमा २ सय ६५, सुनसरीमा ६०, झापामा ४१, इलाममा १०, उदयपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, सोलुखुम्बुमा समान १ जना र प्रदेश १ बाहिरबाट ४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा १ सय ७ महिला र १ सय १८ पुरुष गरी कुल २ सय २५ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरि मोरङको उर्लाबारी नगरपालिकामा ७, लेटाङ नगरपालिका र जहँदा गाउँपालिकामा समान ६, धनपालथान गाउँपालिकामा ५, पथरीशनिश्चरे नगरपालिकामा ४, सुन्दरहरैंचा, रतुवामाई नगरपालिका र बुढीगंगा गाउँपालिकामा समान ३, कटहरी गाउँपालिका र ठेगाना नखुलेकोमा समान २, सुनवर्षी नगरपालिका र ग्रामथान गाउँपालिकामा समान १ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि सुनसरीको धरान उपमहानगरपालिकामा २१ महिला र २२ पुरुष गरी कुल ४३ जना, इटहरी उपमहानगरपालिकामा १०, इनरुवा नगरपालिकामा ३, रामधुनी, बराहक्षेत्र, दुहबी नगरपालिका र बर्जु गाउँपालिकामा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

झापाको दमक र विर्तामोड नगरपालिकामा समान १०, गौराहद नगरपालिकामा १०, मेचीनगर र अर्जुनधारा नगरपालिकामा २, कनकाई नगरपालिका र कमल गाउँपालिकामा समान १ र ठेगाना नखुलेकोमा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

पहाडी क्षेत्र इलामको माइ जोगमाई गाउँपालिकामा ६, माइ नगरपालिका, इलाम, चुलाचुली गाउँपालिका र ठेगाना नखुलेकोमा समान १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि खोटाङमा ठेगाना नखुलेकोमा १, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका, संखुवासभाको चैनपुर नगरपालिका, तेह्रथुमको म्याङ्गलुङ नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिकामा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। मन्त्रालयका अनुसार शनिबार प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ। यससँगै प्रदेशमा हालसम्म १६ हजार ८ सय ५७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ।

प्रदेशभर शनिबार एकैपटक ५ सय ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार प्रदेशका विभिन्न होम आइसोलेसनबाट २ सय २४ महिला र २ सय ९६ पुरुष गरी ५ सय २० जना, मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित कोभिड १९ आइसोलेसन अस्पतालबाट २९ र धनकुटास्थित जिल्ला अस्पतालबाट १ जना संक्रमित निको भएका हुन्।

मन्त्रालयले शनिबार २ हजार १ सय ५८ जनाको पीसीआर परीक्षण गरेको जनाएको छ। जसमा १ सय ५७ महिला र २ सय ३२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

त्यसैगरि हालसम्म १ सय ५७ जनाको मृत्यु भएको उल्लेख गर्दै मन्त्रालयले हालसम्म कुल १ लाख ५२ हजार ९ सय ८५ जनाको पीसीआर परीक्षण गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?