
विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका १७ की ६२ वर्षीया महिलाको शनिबार ३ बजे अपरान्ह मृत्यु भएको हो ।
उनका अनुसार मिर्गाैला सम्बन्धी समस्याबाट पीडित महिलामा असोज २० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यसक्रममा उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा कार्तिक ७ गते भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको हो।
यससँगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणका कारण ७३ जनाको मृत्यु भएको छ।