
लण्डन – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो।
एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् ।
ती मध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको समितिले जनाएको छ ।
यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । हाल सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ ।