
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किङ्सलाई १४६ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको हो। बैंगलोरका लागि कप्तान विराट कोहलीले ५०, एबी डी भिलियर्सले ३९, देवदत्त पाटिकल २२ र आरोन फिन्चले १५ रन जोडे।
बलिङतर्फ चेन्नईका साम करनले तीन, दीपक चाहरले दुई र मिचेल सान्टनरले एक विकेट लिए।