
माेरङ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–३ का ६३ वर्षीय पुरुष र धरान उपमहानगरपालिका–१६ की ८३ वर्षीया बृद्धाको मृत्यु भएको हो।
सहप्रवक्ता डा. श्रेष्ठका अनुसार धरानकी बृद्धाका सोमबार विहान ३ बजेर ५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो। उच्च रक्तचापबाट पीडित महिलामा कार्तिक ९ गते कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको थियो। यसक्रममा उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा सोमबार विहान भर्ना गरी उपचार थालिएको थियो।
यस्तै मोरङ पथरीशनिश्चरेका ६३ वर्षीय पुरुषको आइतबार राती १० बजे उपचारका क्रममा मृत्यु भएको हो। मधुमेहका विरामी ती पुरुषमा कार्तिक १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि कार्तिक ४ गतेबाट प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।
यससँगै प्रतिष्ठानमा संक्रमणका कारण हालसम्म ७६ जनाको मृत्यु भएको छ।