
काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दसैँ मनाएको मगंलबार सार्वजनिक भएको छ।
उनले छोरी-ज्वाइँ र नातिनीलाई टीका लगाउँदै गरेको र एउटा सामूहकिरुपमा खिचिएको फोटो सार्वजनिक भएको हो।
ती तस्बीरहरु राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको हो।
ट्विटरमा भनएिको छ– ‘सम्माननीय राष्ट्रपतिज्यूको पारिवारिक दसैंका थप दुई तस्बिरहरू। दुवै तस्बिर कार्तिक १० गते विजयादशमीका दिनसँग सम्बन्धित छन्।’
राष्ट्रपति कार्यालयका अनुसार त्यसअघि उनले आफ्नी आमाको हातबाट टीका थापेकी थिइन्। राष्ट्रपतिबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार टीका थापेका थिए।
सम्माननीय राष्ट्रपतिज्यूको पारिवारिक दसैंका थप दुई तस्वीरहरू । दुवै तस्वीर कार्तिक १० गते विजयादशमीका दिनसँग सम्बन्धित छन् । @TikaDhakaal @somraee pic.twitter.com/pRsJmn2oMb
— Office of the President of 🇳🇵 (@ShitalNiwas) October 27, 2020