
लिमी ( हुम्ला )– हिमालपारीको गाउँको तुम्लिङमा रहेको चौरी स्रोत केन्द्रमा दुई वर्षमा चौरीको संख्या शतप्रतिशत बृद्धि भएको छ।
चौरी स्रोत केन्द व्यवस्थापन समितिका अध्यक्ष छिरिङ तामाङले स्रोत केन्द्र स्थापना भएको दुई वर्षमै चौरीको संख्या ११५ पुगेको बताए। स्रोत केन्द्रमा ६३ वटा चौरी खरिद गरी पालन हुँदै आएका थिए।
चौरीको संख्या बृद्धि भएसँगै व्यवसायिक चौरीपालनको सम्भावना बढेको तामाङले बताए। हल्जी र जाङ गाउँका स्थानीयले सामूहिक रुपमा चौरी स्रोत केन्द्रलाई सहयोग गर्दै आएका छन्।
चौरीपालन व्यवसाय संकटमा परेपछि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा एक करोड रुपैयाँको चौरी स्रोत केन्द्र स्थापना भएको थियो। चौरीको संख्या बढेपछि छुर्पी र घ्यु पनि उत्पादन भएर बिक्री हुन थालेको छ