युराेपमा संक्रमितकाे मृत्यु हुने दर ४० प्रतिशतले बढ्याे

युराेपमा संक्रमितकाे मृत्यु हुने दर ४० प्रतिशतले बढ्याे
+
-

युरोपमा कोरोना भाइरसको संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या अघिल्लो हप्ताको तुलनामा ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओकी प्रवक्ता डा. मार्गरेट ह्यारीसका अनुसार फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्डस र रुसमा संक्रमण तुलनात्मक रुपमा बढिरहेको छ।

संक्रमणका कारण गम्भीर बिरामी परेका व्यक्तिहरुबाट अस्पतालका आइसियूहरु भरिभराउ भएकोले चासो र चिन्ता थपिएको उनले बताएकी छन् ।

रुसमा मंगलबार अहिलेसम्मकै धेरै ३२० जनाको ज्यान गयो, त्यहाँ कोभिड १९ बाट ज्यान गुमाउनेको कुल संख्या २६ हजार ५८९ पुगेको छ ।

इटालीमा पनि पछिल्लो २४ घण्टामा २२१ जनाको ज्यान गएको छ । यस्तै अस्ट्रियामा कुल ज्यान गुमाउनेको संख्या मंगलबार एक हजार भन्दा माथि पुगेको छ ।

युरोपमा पछिल्ला दिनमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ । त्यहाँ लगातार संक्रमण बढ्दो क्रममा छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?