‘क्लिन फिडका कारण रोकिएका विदेशी टिभी च्यानल केही समयमै सुचारु हुन्छन्’

‘क्लिन फिडका कारण रोकिएका विदेशी टिभी च्यानल केही समयमै सुचारु हुन्छन्’
+
-

मोरङ– ‘क्लिन फिड’का कारण हाल रोकिएका विदेशी टेलिभिजन च्यानल केही समयभित्र पुनः सुचारु हुने मेघा म्याक्स टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले बताएका छन्।

केवल टेलिभिजन महासंघका निवर्तमान अध्यक्ष एवं मेघा म्याक्सका अध्यक्ष सुवेदीले सरकारले लागु गरेको ‘क्लिन फिड’प्रति सकारात्मक रहँदै अघि बढ्ने बताएका छन्।

बुधबार विराटनगरमा कुरा गर्दै उनले आइपी टिभीमा समेत क्लिन फिड लागू भए नभएको नियमन गर्न सरकारलाई सुझाव दिएका छन्।

सरकारले लागु गरेको क्लिन फिडका विषयमा कुनै बिमति नरहेको बताउँदै सुवेदीले विदेशी च्यानल सहज रुपमा उपलब्ध गराउने र अन्य इन्टरनेट प्रदायक संस्थामा समेत सरकारले क्लिन फिड लागु गराउनु पर्नेमा जोड दिएका छन्। सरकारले आइपी टिभी, मोबाइल एप्स, लगायतमा नियमन नगर्दा त्यसको प्रत्यक्ष असर केवल व्यवसायमा पर्ने उनको भनाइ छ।

क्लिन फिड लागु गर्नुपूर्व सरकारले पूर्णरुपमा तयारी गर्न नसकेको बताएका सुवेदीले विज्ञापन बोर्ड गठन गर्न समेत सरकारले ढिलासुस्ती गरेको आरोप लगाए।

सरकारले कार्तिक ७ गतेबाट क्लिन फिड लागु गरिसकेको छ। यसक्रममा धेरैजसो विदेशी च्यानलहरु अवरुद्ध रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?