
राजबिराज- प्रहरीले सप्तरीमा एक मेडिकल सन्चालकको कुखुरा फार्मभित्र लुकाइरहेको अवस्थामा ‘फर्मस्युटिकल ड्रग्स’ बरामद गरेको छ।
बोदेवसाइन नगरपालिका-१० स्थित रन्जितकुमार यादबको कुखुरा फार्मभित्र धानको भुसको बोरामा लुकाइरहेको अवस्थामा डाईलेक्स डिसी सिरप ३५ बोतल, नाइट्रोभेट ट्याब्लेट ३५ पिस, नफिङ् इन्जेक्सन २ पिस, डाइजेलप इन्जेक्सन ७ पिस र स्पासमो प्रोयभोल -टी एक सय ४४ पिस बरामद भएको सप्तरी प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बोदेवसाइन र देउरी प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले यादबको फार्ममा छापा मारेको थियो।