प्रदेश–१ मा थप ५६९ जनामा कोरोना पुष्टि, ६१९ जना डिस्चार्ज

प्रदेश–१ मा थप ५६९ जनामा कोरोना पुष्टि, ६१९ जना डिस्चार्ज
+
-

माेरङ– प्रदेश १ मा शुक्रबार ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २ सय ५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्बुमा २, पाँचथर, खोटाङ र तेह्रथुममा समान १ र प्रदेश १ बाहिरका २६ जना रहेका छन्।

मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ६१ महिला र ८६ पुरुष गरी कुल १ सय ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मोरङको सुन्दरहरैंचा नगरपालिकामा २०, पथरीशनिश्चरे नगरपालिकामा १८, कटहरी गाउँपालिकामा ९, सुनवर्षी नगरपालिकामा ८, ग्रामथान गाउँपालिकामा ७, बुढीगंगा गाउँपालिका र उर्लाबारी नगरपालिकामा समान ६, धनपालथान गाउँपालिका र बेलबारी नगरपालिकामा समान ५, केराबारी, कानेपोखरी, जहदा, मिक्लाजुङ गाउँपालिका र रंगेली नगरपालिकामा समान ४ र रतुवामाई नगरपालिकामा २ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

झापाको दमक नगरपालिकामा ७५, विर्तामोड नगरपालिकामा १५, गौरादह नगरपालिकामा १०, कमल गाउँपालिकामा ९, कनकाई नगरपालिकामा ६, भद्रपुर नगरपालिकामा ५, मेचीनगर र अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समान ४, शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिकामा समान ३, बाह्रदशी गाउँपालिकामा २, गौरीगञ्ज नगरपालिका र झापा गाउँपालिकामा समान १ र स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा ३९, धरान उपमहानगरपालिकामा ३६, इनरुवा नगरपालिकामा ११, बराहक्षेत्र नगरपालिकामा ८, रामधुनी नगरपालिकामा ४, भोक्राहा नरसिंह गाउँपालिकामा ३, दुहवी नगरपालिका, गढी, बर्जु र देवानगञ्ज गाउँपालिकामा समान २, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

उदयपुरको त्रियुगा नगरपालिकामा ९, बेलका नगरपालिकामा २ र स्थानीय तह नखुलेको १ जनामा समेत संक्रमण पुष्टि भएको छ।

त्यसैगरि, इलामको इलाम नगरपालिकामा ६, फाकफोकथुम गाउँपालिकामा ५, धनकुटाको धनकुटा नगरपालिकामा ३ र शहिदभूमि गाउँपालिकामा १, भोजपुरमा ३, सोलुखुम्वुको सोलुदुधकुण्ड नगरपालिकामा २, पाँचथरको फिदिम नगरपालिका, खोटाङको दिप्रङ चुईचुम्वा गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकामा समान १ र प्रदेश १ बाहिरका २६ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

यससँगै प्रदेशभर हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार ९ सय ५३ पुगेको छ।

प्रदेश शुक्रबार ६ सय १९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न स्थानका होम आइसोलेसनबाट ५ सय ९५, झापाको मेची अस्पतालबाट १३, विराटनगरको न्यूरो अस्पतालबाट ८ र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ७ सय ९८ पुगेको छ। यससँगै प्रदेशमा हालसम्म १ सय ८१ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

प्रदेश शुक्रबार १ हजार ९ सय ६० जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये २ सय २३ महिला र ३ सय ४६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ५८ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?