दिल्लीमाथि मुम्बईको शानदार जित

दिल्लीमाथि मुम्बईको शानदार जित
+
-

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्समाथि शानदार जित हात पारेकाे छ। युएईको दुबईमा भएको खेलमा मुम्बईले दिल्लीमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो।

मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो।

दिल्लीका लागि कप्तान श्रेयस अय्यरले २५ रन, ऋषभ पन्तले २२, कागिसो राबाडा र रविचन्द्रन अश्विनले समान १२, शिमरोन ह्याटमेयरले ११ र पृथ्वी शाले १० रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले तीन तीन विकेट लिए। राहुल चाहर र नाथन कुल्टर नाइलले एक–एक विकेट हात पारे।

१ सय ११ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको मुम्बईले १४ ओभर दुई बलमा लक्ष्य पूरा गर्‍यो। मुम्बईका लागि इशान किशनले ७२ रन, क्वीन्टिन डी ककले २६ र सूर्यकुमार यादवले १२ रन बनाए।

आजको जितसँगै १३ खेलबाट १८ अंक जोडेको मुम्बईले अन्तिम दुईमा स्थान पक्का गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?