कोरोना संक्रमणबाट गम्भीर सांसद विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारसँग कांग्रेसको आग्रह

कोरोना संक्रमणबाट गम्भीर सांसद विश्वकर्माको उपचारमा सहयोग गर्न सरकारसँग कांग्रेसको आग्रह
+
-

काठमाडौँ– नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भइ यही कार्त्तिक ९ गतेदेखि उपचार गराइरहेका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ।

सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भइ कार्त्तिक ९ गतेदेखि वीर र त्यसपछि ग्राण्डी अस्पतालमा भर्ना भइ उपचार गराइरहेका छन्।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोनमार्फत उनको स्वास्थ्यावस्थाबारे जानकारी गराउनुका साथै स्वास्थ्योपचारका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गरिदिन आग्रह गरे।

नेता खाणले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई समेत सांसद विश्वकर्माको स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सहयोगका लागि अनुरोध गरेकाे कांग्रेस संसदीय दलले जनाएको छ।

सांसद विश्वकर्मामा निमोनिया देखिएको छ। श्वासप्रश्वासमा समस्या आएको हुँदा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको संसदीय दलले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?