डेढ वर्षीया बालिकाको अनुहारमा चुरोटको ठुटो झोस्ने प्रहरी बर्खास्त

डेढ वर्षीया बालिकाको अनुहारमा चुरोटको ठुटो झोस्ने प्रहरी बर्खास्त
+
-

भारतको छत्तीसगढस्थित बालोद जिल्लामा डेढ वर्षीया बालिकाको अनुहार तथा शरीरका विभिन्न अंगमा चुरोटले झोसेको आरोप लागेका एक प्रहरीलाई बर्खास्त गरिएको छ।

प्रहरी जवान अविनाश रायलाई बालिकाको अनुहार तथा शरीरमा चुरोटले झोसेको आरोपमा बर्खास्त गरिएको हो।

प्रहरीले यो घटना के कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ।

बालोदका प्रहरी अधिकारी जितेन्द्र मिणाले भने, ‘आरोपी प्रहरी जवानलाई गिरफ्तार गरेर न्यायालयमा पेश गरिएको छ। उनलाई जागिरबाट बर्खास्त गरिएको छ।’

प्रहरीका अनुसार अभियुक्त अविनाश रायलाई हालै बालोदबाट दुर्ग जिल्लामा सरुवा गरिएको थियो।

बालोदको सिवनीमा रहँदै आएका उनले सामान लिन गएका बेला त्यहाँ घरधनीकी डेढ वर्षीया छोरीसँग आफूलाई ‘पापा’ भन्न आग्रह गरेका थिए।

प्रहरीका अनुसार जब बालिकाले पापा भन्न मानिनन् अविनाशले चुरोटको ठुटोले बालिकाको अनुहारसहित शरीरका अन्य अंगमा झोसेका थिए।

त्यसपछि पीडित बालिकाकी आमाले बालोद प्रहरी कार्यालयउमा उजुरी दिएकी थिइन् ।

प्रहरीका अनुसार सुरुमा घटना गाउँमै मिलाउन खोजेको जस्तो पनि पाइएको छ किनभने बच्चीको उपचारका लागि अभियुक्त अविनाश र बालिकाकी आमा सुरुमा अस्पताल गएका थिए । तर जब मिडियामा घटना सार्वजनिक भयो अनि मात्रै प्रहरी कार्यालयमा उजुरी परको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?