
बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनको जन्मदिन हो। सन् १९७३ को नोभेम्बर १ उनको जन्म भएको थियो । आफ्नो अभिनय कुशलता र सुन्दरताले ऐश्वर्या भारतमा मात्र हैन विश्वमा नै चर्चित छन्।
हलिउडमा समेत कामको अनुभव बटुलेकी ऐश्वर्याले धेरै प्रसंशक कमाएकी छन् भने फ्यानको मनमा ठाउँ पनि बनाएकी छन्। मोडलिङ र अभिनय क्षेत्रमा यति धेरै नाम कमाएकी रायको यो क्षेत्रमा आउने सोच भने थिए।
ऐश्वर्या पढाईमा एकदमै राम्रो विद्यार्थी थिइन्। उनले एच एस सी (प्लस २) मा ९० प्रतिशत अंक ल्याएकी थिइन्। किशोर उमेरमा उनने ५ वर्ष शास्त्रीय नृत्यको तालिम लिएकी थिइन्।
अध्ययन गर्दा गर्दै उनको रहर थियो, उनलाई प्राणीशास्त्र पढ्न मन थियो। पछि उनको योजना बद्लियो। उनलाई आर्किटेक्चर बन्न मन थियो।
उनले रना संसद एकेडेमी अफ आर्किटेक्चरबाट तालिम पनि लिएकी थिइन् तर पछि उनले मोडलिङमा आफ्नो करियर अगाडि बढाउने निर्णय लिए। सन् १९९४ मा मिस वल्ड बनिसकेपछि उनले पछाडि फर्केर हेर्न परेको छैन।
चलचित्र करियर उनको तालिम चलचित्र इरुवरबाट शुरु भएको थियो। बलिउडमा उनले सन् १९९७ मा ‘और प्यार हो गया’ बाट डेब्यू गरिन् । त्यसपछि उनले अभिनय गरेको देवदास, हम दिल दे चुके सनम, मोहोबते, शब्द, धूम २, जोधा अकबर लगायत धेरै चलचित्रमा काम गरिसकेकी छन्।
विवाहपछि पाँच वर्ष ब्रेक लिएर उनले सन् २०१५ मा जज्बा चलचित्रबाट फेरी पर्दामा देखिएकी थिइन्। यो चलचित्रमा उनले इरफान खानको अपोजिटमा काम गरेकी थिइन् । यसपछि सरबजीत, ए दिल हे मुश्किल, फान्ने खान जस्ता चलचित्रको हिस्सा बनेर काम गरिसकेकी छन्।