अमेरिकाको एकाधिकार तोड्दै चीनले बनायो आफ्नै ‘हाई-इन्ड चिपसेट’,बहुप्रतिक्षित फ्ल्यागशिप सिरिज ह्वावे मेट फोर्टीमा प्रयोग

अमेरिकाको एकाधिकार तोड्दै चीनले बनायो आफ्नै ‘हाई-इन्ड चिपसेट’,बहुप्रतिक्षित फ्ल्यागशिप सिरिज ह्वावे मेट फोर्टीमा प्रयोग
+
-

काठमाडौँ-विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजीले अमेरिकाको एकाधिकार तोड्दै आफ्नै हाई-इन्ड चिपसेट बनाएको छ।

अमेरिकाले हाई-इन्ड चिपसेटमाथि लगाएको प्रतिबन्धका बाबजुद ह्वावेले आफ्नै चीपसेट बनाउँदै शुक्रबार चीनमा बहुप्रतिक्षित फ्ल्यागशिप सिरिज ह्वावे मेट फोर्टी सार्वजनिक गरेको छ। जसमा ह्वावेले आफ्नै चिपसेटका साथ अत्याधुनिक फिचरसहित यो सिरज सार्वजनिक गरेको जनाएको छ। यसअन्तर्गत मेट फोर्टी, मेट फोर्टी प्रो र मेट फोर्टी प्लस रहेका छन् ।

ह्वावेको मेट फोर्टीले हालै सार्वजनिक एप्पलको आईफोन ट्वेल्भसँग कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । पछिल्लो हाई-इण्ड स्मार्टफोन सिरिज हुवावे मेट फोर्टी विश्वकै पहिलो नानोमिटर फाइभजी चिपसेटद्वारा सञ्चालित छ ।

ह्वावे कन्जुमर डिभिजनका सीइओ रिचार्ड यू चेङदोङले सांघाइमा आयोजित कार्यक्रममा आफ्नो कम्पनीले बनाएको प्रोसेसर एप्पलको ए१३ भन्दा ३० गुणा बढी प्रभावकारी रहेको दाबी गरेका छन् ।

किरिन ५ नानो मिटर चिपसेट उत्पादनसँगै मेट फोर्टी सिरिजबाट अमेरिकाले सुरू गरेको प्रविधि युद्धको जवाफ ह्वावेले आफैद्वारा बनाइएको चिपसेटले दिएको छ। योसँगै ट्रम्प प्रशासनले ग्लोबल चिप निर्माताहरुलाई सेमिकन्डक्टरहरुको बिक्रीमा धक्का लागेको छ।

यसअघि ट्रम्प प्रशासनले ग्लोबल चिप निर्माताहरुलाई सेमिकन्डक्टरहरु चीनको लागि उक्त चीपहरु विक्री वितरण नगर्न निर्देशन दिँइ रोक लगाउँदै आएको थियो। तर हुवालेले आफ्नै चीप बनाएपछि ट्रम्प प्रशासनको सिन्डिकेट तोडिएको छ।

यता, हुवावेले आफ्नै चीप निर्माण गरेपछि नयाँ स्मार्टफोन ह्वावे मेट फोर्टीको व्यापक बिक्री हुने अनुमान गरिएको छ। यो चाइनिज युआन सपोर्ट गर्ने विश्वकै पहिलो स्मार्टफोन हुने भएको छ।

यसका साथै स्मार्टफोनमै ब्युल्ट इन हार्डवेयर वालेट सहितको हार्डवेयर-लेभल सेक्युरिटी क्यापेबिलिटी रहेको छ भने फोनमै इनक्रिप्टेड स्टोरेज समेत जडान गरिएको छ। यसले चीनको डिजिटल मुद्रा विकासको योजनामा मद्दत पुग्नुका साथै अफलाइन कारोबार पनि गर्न मिल्‍ने हुवावेले दाबी गरेको छ।

चीनमा मेट फोर्टी सिरिजकी मूल्य ४,९९९ युआन (८९ हजार ५ सय रूपैयाँ) देखि ८,९९९ युआन (१ लाख ६१ हजार रूपैयाँसम्म) सम्म राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?