
क्यानडाको क्यूबेक शहरमा अन्धाधुन्ध धारिलो हतियार प्रहार हुँदा दुईजनाको ज्यान गएको छ । अरु पाँचजना घाइते भएका छन् ।
स्थानीय समय अनुसार शनिबार राति प्राचीन पोशाकमा रहेका व्यक्तिले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दालाई घर बाहिर ननिस्कन भनेको छ ।
मध्यरातमा भएको घटनापछि एक युवालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान जारी रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
Le poste de commandement du @SPVQ_police est déployé devant l’hôtel du Parlement du Québec. pic.twitter.com/WEjxJeqquK
— ICI Québec (@iciquebec) November 1, 2020