बार्सिलोनाबाट ६ महिनामै विदा भएका प्रशिक्षक सेतियन भन्छन्- मेस्सीलाई मिलाउन निकै गाह्रो छ

बार्सिलोनाबाट ६ महिनामै विदा भएका प्रशिक्षक सेतियन भन्छन्- मेस्सीलाई मिलाउन निकै गाह्रो छ
+
-

बार्सिलोनाका पूर्व प्रशिक्षक क्विक्यु सेतियनले क्लबका स्टार स्ट्राइकर लियोनल मेस्सी मिलाउन निकै गाह्रो हुने खेलाडी भएको बताएका छन्।

युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८-२ गोलले पराजित भएपछि बार्सिलोनाले केही महिनाअघि सेतियनलाई बर्खास्त गरेको थियो।

लज्जास्पद त्यस नतिजापछि मेस्सीलगायत खेलाडीले नै सेतियनलाई बर्खास्त गर्न दबाब दिएका थिए। क्लबको नतिजापछि बेखुस मेस्सीले बार्सिलोना छाड्ने प्रयास गरेपनि सफल हुन सकेनन्।

६२ वर्षीय सेतियनले मेस्सी सर्बकालिन महान् खेलाडी भएको दावी गर्दै भनेका छन्,’तर, क्लबसँग आफ्ना मागहरु पूरा गर्ने उनका आफ्नै तरिका छन्। बार्सिलोनाले समेत उनलाई परिवर्तन गर्न सकेको छैन। म को हुँ र?’, एल पाइससँग कुराकानी गर्दै सेतियनले भनेका छन्।

उनले अगाडि भनेका छन्,’खेलाडीबाहेक हरेकको छुट्टै अनुहार पनि हुन्छ जुन मिलाउन निकै गाह्रो हुन्छ। धेरै नै गाह्रो हुन्छ। कतिपय खेलाडीले जन्मिदै लिएर आएको कुरा माइकल जोर्डनको डकुमेन्ट्री हेरेर पनि थाहा पाउन सक्छौँ।’

१३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका मेस्सीका विरोधले क्लबमा तरङ्ग ल्याउने गर्छ। मेस्सीकै मागपछि भर्खरै बार्साका अध्यक्ष जोसेप मारिया बार्तोमेउले राजिनामा दिएका छन्।

गत सिजन बार्सिलोना उपाधिविहीन बनेपछि मेस्सी जसरी पनि क्लब छाड्ने मनस्थितिमा देखिएका थिए तर कानुनी झमेला आउने भएपछि उनी यो सिजन बार्सिलोनामै रहन बाध्य बनेका थिए। मेस्सीले ६ पटक फिफा वर्ष खेलाडी अवार्ड हात पारेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?