
काठमाडौँ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ।
सुनसरीको धरान उपमहानगरपालिका–९ का ६९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनलाई प्रतिष्ठानको इमर्जेन्सीमा शनिबार (कार्तिक १५ गते) भर्ना गरिएको थियो।
उनलाई शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा शनिबार नै अपराह्न ३ः०७ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जानकारी गराएको छ।
उनलाई उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी गराएका छन्।