
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्स र किङ्स–११ पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ।
चेन्नईले टस जितेर पञ्जाबलाई ब्याटिङको निम्तो दिएको छ।
जारी आईपीएलमा १३ खेलबाट १२ अंक जोडेको पञ्जाब अंकतालिकाको पाँचौ स्थानमा छ। आजको खेलमा चेन्नईविरुद्ध जित निकाल्न सके पञ्जाबको प्लेअफ पुग्ने सम्भावना रहने छ, तर त्यसका लागि अरुको खेलमा समेत भर पर्नु पर्नेछ। चेन्नईसँग पराजित भएमा भने पञ्जाबको प्लेअफ पुग्ने सम्भावना सकिने छ।
चेन्नईको भने प्लेअफ पुग्ने सम्भावना पहिले नै समाप्त भइसकेको छ। १३ खेलबाट चेन्नईको आठ अंक मात्रै छ। आईपीएलको इतिहासमा चेन्नई प्लेअफ नपुगेरै बाहिरएको यो पहिलो पटक हो।