दीपक हुडाको अर्धशतकको मद्दतमा पञ्जाबले दियो चेन्नईलाई १५४ रनको लक्ष्य

दीपक हुडाको अर्धशतकको मद्दतमा पञ्जाबले दियो चेन्नईलाई १५४ रनको लक्ष्य
+
-

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा किङ्स–११ पञ्जाबले चेन्नई सुपर किङ्सलाई १५४ रनको लक्ष्य दिएको छ।

चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा १५३ रन बनाएको हो। पञ्जाबका लागि दीपक हुडाले  सर्वाधिक ६२ रन बनाए।

यस्तै पञ्जाबका कप्तान केएल राहुलले २९, मयंक अग्रवालले २६, मन्दीप सिंहले १४ र क्रिस गेलले १२ रन बनाए।

बलिङतर्फ चेन्नईका लुङ्गी नगिदीले तीन विकेट लिए भने रविन्द्र जडेजा, इमरान ताहिर र शार्दुल ठाकुरले एक–एक विकेट लिए।

जारी आईपीएलमा १३ खेलबाट १२ अंक जोडेको पञ्जाब अंकतालिकाको पाँचौ स्थानमा छ। आजको खेलमा चेन्नईविरुद्ध जित निकाल्न सके पञ्जाबको प्लेअफ पुग्ने सम्भावना रहने छ, तर त्यसका लागि अरुको खेलमा समेत भर पर्नु पर्नेछ। चेन्नईसँग पराजित भएमा भने पञ्जाबको प्लेअफ पुग्ने सम्भावना सकिने छ।

चेन्नईको भने प्लेअफ पुग्ने सम्भावना पहिले नै समाप्त भइसकेको छ। १३ खेलबाट चेन्नईको आठ अंक मात्रै छ। आईपीएलको इतिहासमा चेन्नई प्लेअफ नपुगेरै बाहिरएको यो पहिलो पटक हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?