ग्यारेथ बेलको गोलमा टोटनह्याम विजयी, पुग्यो दोस्रो स्थानमा

ग्यारेथ बेलको गोलमा टोटनह्याम विजयी, पुग्यो दोस्रो स्थानमा
+
-

ग्यारेथ बेलको गोलको सहयोगमा जोसे मोरिन्होको टिम टोटनह्यामले महत्वपूर्ण जित दर्ता गरेको छ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले ब्राइटनलाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा १३ औँ मिनेटमा पाएको पेनाल्टीमा ह्यारी केनले गोल गरी टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए ।

ब्राइटनका लागि तारिक लाम्प्टीले ५६ औँ मिनेटमा बराबरी गोल गरे । यहि सिजन रियल मड्रिडबाट पुरानो क्लब आएका बेलले ७३ औँ मिनेटमा गोल गरी टोटनह्यामलाई जित दिलाएका हुन् । उनले टोटनह्याम आएपछि गरेको यो पहिलो गोल हो ।

जितपछि सात खेलबाट १४ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ । उ पहिलो स्थानको लिभरपुल भन्दा दुई अंकले पछि रहेको छ ।

यसैबिच एभर्टनले शीर्ष स्थानमा फर्किने मौका गुमाएर तेस्रो स्थानमा पुगेको छ । लिग अन्तर्गत आइतबार राति नै भएको खेलमा एभर्टन न्यूक्यासलसँग २–१ ले पराजित भएको हो ।

न्यूक्यासलका लागि कालम विल्सनले दुई गोल गरे । एभर्टनका लागि काल्भर्ट–लेविनले इन्जुरी समयमा एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

पराजित भएको एभर्टन सात खेलबाट १३ अंकसहित तेस्रो स्थानमा झरेको छ । ११ अंकसहित न्यूक्यासल ११ औँ स्थानमा छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?